• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

नेपाललाई हराउदै बंगलादेश सुपर आठमा



ST VINCENT, SAINT VINCENT AND THE GRENADINES – JUNE 16: Kushal Malla of Nepal bats as Litton Das of Bangladesh keeps during the ICC Men’s T20 Cricket World Cup West Indies & USA 2024 match between Bangladesh and Nepal at Arnos Vale Ground on June 16, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

काठमाडौँ । टी–२० विश्वकपमा समुह डीको अन्तिम खेलमा नेपालले बंगलादेशसँग हार बेहोरेको छ । नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । यससँगै बंगलादेश सुपर आठमा पुगेको छ ।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । नेपालको लागि कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए ।

नेपालका अनील साह, गुल्सन झा र सोमपाल कामी शून्यमा आउट भए। कुशल भूर्तेल ४ रन, आशिफ शेख १७ रन, रोहित पौडेल र सन्दीप जोरा १र१ रन बनाएर आउट भए।

बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै एक सय ६ रन बनाएको थियो ।

बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक १७ रन बनाएका थिए । मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन बनाउदा जाकेर अलीले १२ रन जोडे । त्यस्तै, ओपनर लिट्टन दासले १० रनको योगदान दिए ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडेन राख्दै मात्र १७ रन खर्चिएर २ विकेट लिएका थिए ।यससँगै लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् ।

सोमपाल कामीले ३ ओभर बलिङ गर्दै १० रन मात्र खर्चिएर२ विकेट लिएका थिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३।२ ओभर बलिङ गर्दै २२ रन खर्चर २ विकेट लिए ।

जारी विश्वकपमा नेपाल यो भन्दा अघिल्लो अर्थात तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको हार बेहोर्दा श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।