२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पहिलो चरणमा ३ करोडलाई निःशुल्क खोप दिँदै भारत

पहिलो चरणमा ३ करोडलाई निःशुल्क खोप दिँदै भारत
अ अ+ अ-

नयाँदिल्ली । भारत सरकारले पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाएको छ । भारतका स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले शनिबार राजधानी नयाँदिल्लीमा खोप अभियानको पूर्वतयारीको अवलोकनका क्रममा पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरूलाई खोप लगाउने बताएका हुन् ।

‘पहिलो चरणमा कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेका स्वास्थ्यकर्मी र अग्रमोर्चामा खटिएकालाई निःशुल्क दिइनेछ । बाँकीलाई कसरी खोप लगाउने भन्ने टुंगो लाग्न बाँकी छ,’ डा. बर्धनले भनेका छन् । मन्त्री बर्धनले खोप प्रयोगका लागि अनुमति दिन तोकिएको मापदण्ड पूरा गरिने भएकाले सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । भारत सरकारले यसअघि नै आगामी जुलाई महिनाभित्र ३० करोडभन्दा बढीलाई खोप दिने घोषणा गरिसकेको छ । खोपको देशव्यापी वितरणका लागि विशेष अभियान नै तयार पारिएको छ । खोप अभियानका लागि करिब १ लाख जनालाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।

उत्पादनस्थलदेखि पहिलो चरणमा खोप लगाइने केन्द्रसम्म खोपलाई चाँडोभन्दा चाँडो पुर्‍याउन कार्गो जहाजदेखि भ्यानसम्म तयारी अवस्थामा राखिएको छ । त्यसका लागि वितरणदेखि खोप लगाउनेसम्मको पूर्वतयारी पूरा भइसकेको जनाइएको छ । उक्त तयारीको परीक्षण गर्न शनिबार देशभरि नै खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो । जसबाट खोप अभियानका लागि भएको पूर्वतयारीको अवस्था थाहा हुने बताइएको छ । स्वास्थ्यमन्त्री हर्ष बर्धनले शनिबार त्यही ‘ड्राई रन’ को स्थलगत अनुमगन गरेका थिए । यसैगरी दिल्ली सरकारले पनि सबै दिल्लीवासीलाई खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । शनिबार नै दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले त्यस्तो घोषणा गरेका हुन् ।

भारतमा दुईवटा कोरोना खोपको अनुमति प्रक्रिया अन्तिम चरणमा छ । शनिबार मात्र हैदरबादको कम्पनी भारत बायोटकद्वारा उत्पादन गरिएको कोभिड खोप कोभ्याक्सिनलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले शनिबार साँझ त्यस्तो सिफारिस गरेको हो । यो खोप भारतमै बायोटक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । यसअघि शुक्रबार मात्रै समितिले इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) द्वारा उत्पादित कोभिसिल्ड खोपलाई पनि आपत्कालीन प्रयोगलाई सिफारिस गरेको थियो ।

कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले संयुक्त रूपमा विकास गरेका हुन् । भारतको औषधि नियन्त्रण महानिर्देशनालयले समितिको सिफारिसकै आधारमा खोपका सम्बन्धमा अन्तिम निर्णय लिने गर्छ । महानिर्देशनालयले केही दिनमै अन्तिम निर्णय लिने बताइएको छ । त्यसपछि मात्र भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रूपमा बाटो खुल्नेछ । र, आगामी साताभित्र उक्त निर्णय भइसक्ने अनुमान छ । बेलायतले सरकारले गत बुधबार मात्र अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकसित कोभिसिल्ड आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो ।

शुक्रबार अनुमति पाएको कोभिसिल्डको उत्पादक भारतीय कम्पनी सेरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेरमले अक्सफोर्ड–अस्ट्राजेनेका ५ करोडभन्दा बढी डोज उत्पादन गरेर तयारी अवस्थामा राखेको छ । र, कम्पनीले महानिर्देशनालयको निर्णय आउनासाथ विभिन्न राज्यमा आपूर्ति गर्ने गरी कोल्ड स्टोरको चेनको व्यवस्था गरिसकेको जनाएको छ ।

कोरोना महामारीलाई चाँडोभन्दा चाँडो नियन्त्रण लिन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कुनै पनि नयाँ विकसित खोपको आपत्कालीन अनुमति दिन सक्ने निर्णय गरेको थियो । डब्लूएचओको उक्त निर्णयपछि नै फाइजरद्वारा उत्पादित खोपले त्यस किसिमको अनुमति पाएको थियो । अनुमति फाइजर खोपको प्रयोग अमेरिका र युरोपमा सुरु भइसकेको छ । तर, उक्त खोपको भण्डारण अत्यन्त चिसो वातावरणमा गर्नुपर्ने भएकाले नेपालजस्ता कम विकसित मुलुकका लागि उपयोगी नहुने विशेषज्ञहरूले टिप्पणी गर्दै आएका छन् । तर, सेरमद्वारा उत्पादित खोपलाई फ्रिजमा २ देखि ४ डिग्रीमा मात्र पनि भण्डार गर्न सकिने बताइएको छ ।

यसकारण पनि भारतमा सेरमद्वारा उत्पादित खोपले अनुमति पाएसँगै नेपालमा पनि खोप चाँडै उपलब्ध हुने आस बढेको हो । त्यसमाथि केही दिनअघि मात्र सेरमका एक उच्च अधिकारीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यसँगको भेटमा कम्पनीले खोपको आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको बताएका थिए । सरकारले पनि चाँडोभन्दा चाँडो खोप उपलब्ध गराउन विभिन्न मुलुक र संस्थाहरूलाई औपचारिक रूपमै आग्रह गरिसकेको जनाएको छ । र, त्यसैअनुसार परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई खोपका लागि औपचारिक पत्राचार नै भइसकेको छ । अघिल्लो महिना भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले नेपाल भ्रमणको क्रममा पनि भारतको खोप उपलब्ध गराउने मुलुकहरूमध्ये नेपाल प्राथमिकतामा रहेको जनाएका थिए । कान्तिपुर दैनिक