१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले टी-२० विश्वकप खेल्ने १५ जना खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ ।

मन्त्रालयमा आइतबार एक कार्यक्रम गर्दै विश्वकपका लागि छनोट भएका १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियो गरि नगद २ करोड ९७ लाख १० हजार रुपैयाँ प्रदान गरेको हो ।

यस्तै, मुख्य प्रशिक्षक मोन्टी देसाईलाई ३ लाख ९० हजार प्रदान गरिएको छ । टीम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेलाई समान १ लाख ९५ हजार प्रदान गरिएको छ ।

त्यसैगरी, १९औं एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई १९ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठलाई २ लाख ३४ हजार, सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीलाई समान ७८ हजार र व्यवस्थापक निवास गोपाल वैद्यलाई १ लाख ९५ हजारसहित सम्मान नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

यस्तै, मन्त्रालयले १९औं एसियाली खेलकुदमा महिलातर्फ कबड्डीमा काँस्य पदक ल्याउने १२ जना खेलाडीलाई जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षकलाई २ लाख ६० हजार, सहायक प्रशिक्षक र टीम व्यवस्थापकलाई जनही १ लाख ३० हजार प्रदान गरेको छ ।

त्यसैगरी, मन्त्रालयले चौथो एसियाली पारा खेलकुदमा काँस्य पदक ल्याउने पलेशालाई १३ लाख, उनका प्रशिक्षकलाई २ लाख ६० हजार र टीम व्यवस्थापकलाई १ लाख ३० हजार रुपैयाँसहित सम्मान गरेको छ ।