• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो



काठमाडौं । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटेको छ ।

शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।

त्यस्तै डिजल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।