२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली चलचित्र ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन्। शुक्रवार चलचित्र हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले क्रान्तिकारीहरूले एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गरेका हुन्।

‘समाजमा छुवाछूत र विभेद छ। पहिले त्यसको समाधान शस्त्र हो भन्ने भाष्य बन्यो, त्यसले देशले लामो द्वन्द्व र क्षति बेहोर्नु पर्‍यो। त्यो समाधान होइन है भन्ने पनि यो चलचित्रले सन्देश दिएको छ,’ उनले भने, ‘खास गरी क्रान्तिकारी महानुभावहरू जसले देशलाई विभेद अन्त्यको नाममा द्वन्द्वमा लानुभयो, एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गर्दछु।’

उनले यो चलचित्र शिक्षामूलक भएकोले सबैले हेर्नुपर्ने बताए। ‘अघिल्लो पुस्ता र मेरो पुस्तासम्मले देखेको सामाजिक विभेदलाई यसले स्मरण गराउँछ र हामीले कसरी सुधार गर्नुपर्दछ भन्ने देखाउँछ। हामी भन्दा पछिल्लो पुस्ताले समाज कसरी अगाडि आइरहेको छ, कसरी परिवर्तित भइराखेको छ र समाजमा कस्ता प्रकारका समस्याहरू थिए। त्यसको समाधान के हो त रु भन्ने पनि यसमा रहेको छ,’ लिङ्देनले बताए।

चलचित्रका लेखक विकास सुवेदीले राजनीतिक स्तरबाट नै गलत भाष्यहरूलाई निर्मूल पार्दै जाने कुरामा लिङ्देनले प्रतिबद्धता जनाएको बताए। सुवेदीले भने, ‘चलचित्र हेरेपश्चात् मसँग कुरा गर्दै उहाँले विभिन्न धर्मशास्त्रमा उल्लेख छुवाछूत सम्बन्धी गलत भाष्यहरूलाई क्रमशः सच्याउँदै लैजानु पर्ने विचार राख्नुभएको छ। आफ्नो दलको मुख्य मुद्दा नै धार्मिक बनाउनु भएका उहाँले शास्त्रबाटै सच्याउँदै जानुपर्ने विचार राख्नु आफैमा हामीले चलचित्रमार्फत दिन खोजेको सन्देशले मूर्तरूप पाउँदै जानु हो।’

गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ सफलतापूर्वक चौथो हप्तामा प्रदर्शन भइरहेको छ। विदेशमा पनि यो चलचित्रले आक्रामक व्यापार गरिरहेको छ। सुवास भुसालको निर्माण तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ।