२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा शुक्रबार ठूलो अपसेट देखियो । अमेरिका र आयरल्याण्डबीचको खेल वर्षाका कारण रद्द भएको थियो । एक अंक जोडेर अमेरिकाले सुपर ८ मा आफ्नो स्थान पक्का गरेको छ भने पाकिस्तान बाहिरिएको छ ।

यति मात्र होइन, सुपर–८ मा स्थान पक्का गरेपछि अमेरिका सन् २०२६ को संस्करणका लागि सीधै छनोट पनि भएको छ ।

सन् २०२६ को टी–२० विश्वकप भारत र श्रीलंकामा हुँदैछ । दुवै टोली ठूला प्रतियोगिता आयोजना गरेर सिधै प्रतियोगिताका लागि छनोट हुनेछन् । सुपर–८ मा परेका अन्य सात टोलीले सोझै प्रतियोगिताका लागि छनोट हुनेछन् । जुन ३०, २०२४ सम्मको आईसीसी वरीयतामा तीन उच्च स्थानमा रहेका टोलीहरू पनि प्रतियोगिताको लागि छनोट हुनेछन् ।

१२ टोली प्रत्यक्ष रूपमा छनोट हुनेछन्
आईसीसीका अनुसार शीर्ष ८ मा पर्ने टोलीले प्रतियोगिताको अर्को संस्करणका लागि प्रत्यक्ष छनोट पाउनेछन् । प्रतियोगितामा २० टोलीको सहभागिता रहनेछ जसमध्ये १२ टोलीले प्रत्यक्ष छनोट पाउनेछन् भने आठ टोलीको छनोट क्वालिफायरबाट गरिने छ ।