२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक



अ+ अ-

एजेन्सी । अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा न्युजिल्यान्डको यात्रा समूह चरणबाटै सकिएको छ । ३७ वर्षको एकदिवसीय र टी–२० विश्वकपपछि किवी टोली समूह चरण वा पहिलो चरणबाटै बाहिरिएको हो ।

यसअघि सन् १९८७ मा भएको एकदिवसीय विश्वकपमा पनि टोली समूह चरणबाटै बाहिरिएको थियो । यससँगै सन् १९८३ को एकदिवसीय विश्वकपमा न्युजिल्याण्डको टोली समूह चरण वा पहिलो राउण्डमा पुग्न सकेन ।

हरेक पटक न्युजिल्यान्ड टी–२० विश्वकपमा भने दोस्रो चरणमा पुग्न सफल भएको छ ।

सन् २००९, २०१० र २०१२ को टी–२० विश्वकपमा किवी टोली सुपर–८ राउण्डबाट बाहिरिएको थियो भने २०१४ मा टोली स्वचालित सुपर–१० राउण्डमा पुगेको थियो र सुपर–१० मा हार बेहोरेर बाहिरिएको थियो ।

न्यूजिल्याण्ड २००७, २०१६ र २०२२ को टी–२० विश्वकपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । जबकि, २०२१ मा किवी टोली उपविजेता बन्यो ।

एकदिवसीय विश्वकपको कुरा गर्दा किवी टोली सन् १९७५, १९७९, १९९२, १९९९, २००७, २०११ र २०२३ मा सेमिफाइनलबाटै बाहिरिएको थियो । यस्तै, सन् २०१५ र २०१९ मा उपविजेता बनेको थियो । सन् १९९६ मा किवी टोली क्वार्टरफाइनलमा हार बेहोरेको थियो भने २००३ मा सुपर–६ मा हार बेहोरेर बाहिरिएको थियो ।

जारी टी–२० विश्वकपको कुरा गर्दा समूह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेका छन् । अन्य टोली न्युजिल्यान्डसँगै पिएनजी र युगान्डा पनि समूह चरणबाट बाहिरिएका छन् ।