• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   निर्मल पुर्जालाई कारबाही नगरियोस्: माओवादी सांसद आलेमगर ★   भारत र इंग्ल्यान्डबिचको खेलमा वर्षाको डर, रद्द भए के हुन्छ? ★   बाल विवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्: सांसद कार्की ★   काठमाडौँ महानगरपालिकाले थाल्यो, डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान ★   गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक ★   दुग्ध किसानहरुले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन्: सांसद बाँस्कोटा ★   साउदी अरबका लागि राजदूतमा सिफरिस गरिएका अबुसुफ्यान खान बिरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी ★   कोशेढुङ्गा बन्यो तालिम ★   असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्: सांसद पौडेल ★   टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम

ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार



फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरिएको छ । घाइते ४० वर्षीय युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी सिंवालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्ताल भर्ना गरिएको छ ।

पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा तथा जुम्ल्याहा दिदीबहिनी १० वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । मृतकहरु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्राका बुबाआमा र बहिनी हुन् । उनीहरु घरमा सुतिरहेका अवस्थामा गएराति करिब १:३० बजे पहिरोमा परेका थिए ।

फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घाइतेको उद्धार गरेको हो । ढुङ्गा र माटोले बनेको जस्तापाताको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले पुरिएको थियो । रासस