२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

१० महिनापछि शैक्षिक क्षेत्रहरु खुल्दै

१० महिनापछि शैक्षिक क्षेत्रहरु खुल्दै
अ अ+ अ-

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो । कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले यससम्बन्धी औपचारिक निर्णय लिनेछ । सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ । केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् । काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् । सीसीएमसीले नयाँ प्रकारको कोरोना भाइरसको महामारी फैलिएको संयुक्त अधिराज्य बेलायतलगायतका करिब २ दर्जन देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय पनि गरेको छ ।

कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समितिले यसअघि संयुक्त अधिराज्य बेलायतबाट यात्रा आरम्भ हुने अथवा संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल आउने यात्रुलाई आगमन रोक लगाउने सिफारिस गरेको थियो । उक्त सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरिसकेको छ । बैठकबाट तेस्रो मुलुकबाट आउने व्यक्तिलाई अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएकामा त्यसलाई नयाँ भाइरसको कारणले अझ प्रभावकारी रूपमा भराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सहरूलाई निर्देशन दिने निर्णय गरिएको छ ।

सीसीएमले कोभिडको संक्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापर्वाही गर्नेलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। राजधानी दैनिक