२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलमेटको ग्रिलले बचायो आँखा



अ+ अ-

एजेन्सी । क्रिकेटको सबैभन्दा डरलाग्दो क्षणहरू मध्ये एक टी–२० विश्वकपको २७ औं खेलमा देखियो, जब नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेका तान्जिद हसनको हेलमेटको ग्रिलमा बल अड्कियो ।

भाग्यवशः बलले ग्रिल छोडेन, अन्यथा एक अप्रिय घटना हुन सक्थ्यो । यो डरलाग्दो घटनाको भिडियो अहिले भाइरल भइरहेको छ ।

टस जितेर नेदरल्याण्ड्सले बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नजमुल हसन शान्तो र तान्जिद हसनले ओपनिङ गरेका थिए । बंगलादेशको इनिङ्सको तेस्रो ओभर भिभियन किङ्मा बलिङ गर्न आएका थिए ।

उनको तर्फबाट उत्कृष्ट बाउन्सर बल तान्जिदको हेलमेटको ग्रिलमा ठोक्कियो र आश्चर्यजनक रूपमा बल ग्रिलमै अड्कियो र ठूलो दुर्घटना हुनबाट जोगियो ।

तान्जिद हसनले ढिलो नगरी हेल्मेट फुकाले र यसैबीच मेडिकल टोली पनि मैदानमा आयो । प्रोटोकल अनुसार तान्जिदको जाँच र आँखा पनि जाँच गरिएको थियो । सौभाग्यवश, उनलाई कुनै गम्भीर चोट लागेन र मेडिकल टोलीले उनलाई खेल जारी राख्न अनुमति दियो । तान्जिदले २६ बलमा ३५ रनको इनिङ खेले जसमा उनले ५ चौका र एक छक्का प्रहार गरे ।

खेलको कुरा गर्दा पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा १५९र५ रनको चुनौतीपूर्ण स्कोर बनायो । नेदरल्याण्डका आर्यन दत्त र भान मिकरेनले समान २–२ विकेट लिए । लक्ष्य पछ्याउँदा नेदरल्यान्ड्सले ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । उक्त खेलमा बंगलादेशले २५ रनले जित हात पार्दै सुपर ८ मा पुग्ने आशा जीवित राखेको छ ।