२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कांग्रेसको दोस्रो चरणको आन्दोलन, केन्द्रदेखि वडा तहसम्म आन्दोलन गर्ने

कांग्रेसको दोस्रो चरणको आन्दोलन, केन्द्रदेखि वडा तहसम्म आन्दोलन गर्ने
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । कांग्रेसले केन्द्रदेखि वडा तहसम्म आन्दोलनको घोषणा गरेको हो । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष तहमा भएको सहमतिअनुसार पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय भएको हो । बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले आफू आन्दोलनकै पक्षमा रहेको बताउनुभयो ।

देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य प्रदीप पौडेलले भन्नुभयो– ‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध अब आन्दोलनको विकल्प छैन, म आन्दोलनकै पक्षमा छु, आन्दोलनलाई थप सशक्त बनाएर लैजानुको विकल्प छैन ।’ केन्द्रीय समितिको बैठक बस्नुअघि शीर्ष तहमा आन्दोलनको विषयमा लामो छलफल भएको थियो । शीर्ष तहमा भएको समझदारीअनुसार केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्ताव बैठकले अनुमोदन गरेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमलाई आन्दोलनबाटै ठेगान लगाउनुपर्ने बताउनुभएको थियो ।

पौडेलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘प्रधानमन्त्री ओली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि नै सकाउने खेलमा लागेका छन्, लोकतन्त्रको रक्षा गर्न देशव्यापीरुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता आइलाग्यो ।’ पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले माघ ३ गते ७ सय ५३ पालिकामा, माघ ८ गते ६ हजार ७ सय ४३ वडामा प्रतिनिधिसभा विघटनको विरोध प्रदर्शन गर्ने निर्णय भएको बताउनुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको बताउँदै शर्माले कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको बताउनुभयो ।

बैठकले महाधिवेशनका सन्दर्भमा अन्तरपार्टी समायोजन समितिको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । यसअघि मंसिर मसान्तलाई तोकिएको क्रियाशील सदस्यता वितरणको समय बढाएर माघ मसान्तसम्मलाई थप गरिएको प्रवक्ता शर्माले बताउनुभयो । कांग्रेसले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश लोकतान्त्रिक मूल्य, मान्यताविपरीत भएको दोहोर्याएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षड्यन्त्रमूलक कार्य भएको निष्कर्ष निकालेको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटनकै दिन पार्टी पदाधिकारीको बैठकले सरकारको कदमको विरोध गर्ने जनाएको थियो । पुस ७ गते केन्द्रीय कार्यसमिति बैठकले पहिलो चरणमा पुस १३ गते १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन कार्यक्रम गरेको थियो । ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रस्ट धारणासहित कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ।’ –प्रवक्ता शर्माले भन्नुभयो । आइतबारको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य जीवनबहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक पुस २७ गते पुनः बस्नेछ । नेपाल समाचारपत्र दैनिक