२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिऔंः शिक्षामन्त्री श्रेष्ठ

कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिऔंः शिक्षामन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वाथ्य मापदण्ड पालना गरी राष्ट्रिय योग दिवस मनाउने भएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमणबाट बच्न योग शिक्षालाई महत्वपूर्ण रुपमा लिनुपर्ने बताउनुभएको छ । मन्त्रालयले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउँदै आएको छ ।

मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले यो वर्षको आदर्श वाक्य तय गरी राष्ट्रव्यापीरुपमा योग मनाउन सबै सरोकारवाला निकायलाई निर्देशन दिनुभयो । बैठकले उपसमिति गठन गरी तत्काल आदर्श वाक्य तयारी गर्ने र मूल कार्यक्रम सार्वजनिक गर्ने भएको छ । मन्त्रालयको अगुवाइमा विगत ६ वर्षदेखि राष्ट्रिय योग दिवस मनाउँदै आइरहेको छ । बैठकमा सचिव गोपीनाथ मैनालीले भर्चुअल माध्यमबाट योग दिवस मनाउने तयारी भइरहेको बताउनुभएको छ । उहाँले छोटो र मिठोरुपमा मूल समारोह मनाउने गरी तयारी गरिने जानकारी दिनुभयो ।

बैठकमा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, योग शिक्षक डा। हरिप्रसाद पोखरेल, पतञ्जली योग पिठका ट्रस्टी ई। शालिकराम सिंहलगायत समितिका सदस्यले सबै स्थानीय तह, विद्यालयलगायत सबै निकायमा योग दिवस मनाउनुपर्ने बताउनुभयो । मन्त्रालयले प्रदेशस्तरमा योग दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्राचार गर्ने, संघीय मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने, जुम मार्फत योग शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रम रहेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले यो वर्षको योग दिवसलाई भव्यरुपमा मनाउने तयारी भइरहेको बताउनुभयो । भन्नुभयो– ‘सबै सरोकारवाला संस्थाको सहभागितामा राष्ट्रिय योग दिवस मनाउने तयारी गरेका छौं । मन्त्रालयले केही दिनभित्र आदर्श वाक्य तय गर्नेछ ।’ नेपाल समाचारपत्र दैनिक