२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै



अ+ अ-

एजेन्सी । सन् २०२४ को आईसीसी टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । पहिलो पटक अमेरिकी टोली आईसीसीको प्रतियोगितामा सहभागी हुँदैछ र यी खेलहरू अमेरिकामा नै आयोजना हुँदैछन् ।

यसका लागि आइसीसीले यसअघि फ्लोरिडा र टेक्सासको मैदान छनोट गरे पनि खेल न्यूयोर्कको नासाउ काउन्टी स्टेडियममा खेलाउने निर्णय भएको थियो ।

यस स्टेडियममा भारतीय टोलीले आफ्ना तीन खेल खेलेको थियो र तीनवटै खेल भारतले जितेको थियो । हिजो भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै सुपर ८ मा आफ्नो स्थान पक्का गरेको हो ।

यो खेलपछि भोलिदेखि यो रंगशाला भत्काउने काम सुरु हुनेछ । समाचार एजेन्सी एएनआईले एक भिडियो साझा गरेको छ जसमा बुलडोजरहरू स्टेडियम भत्काउन स्थलतिर गइरहेको देखिन्छ ।

आईसीसी टी–२० विश्वकप २०२४ को लागि न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियमको तयारीमा करिब ४०० करोड रुपैयाँ खर्च गरिएको थियो, जसमा क्रिकेटको लागि पहिलो मोड्युलर स्टेडियम तयार गरिएको थियो । हालै यसै रंगशालामा भएको खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै जितको ह्याट्रिक पुरा गरेको थियो ।

यो खेलपछि एएनआईले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेको छ, जसमा मैदानमा बुलडोजर देखिएका छन्, जसले यस स्टेडियमलाई छिट्टै भत्काउन लागेका छन् । यस स्टेडियमको कुल सिट क्षमता ३४ हजार छ र यो स्टेडियमले भारत र पाकिस्तानबीचको खेल सहित भारतका तीनवटै समूहका खेलहरू आयोजना गरेको थियो ।

नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियमको निर्माण सेप्टेम्बर २०२३ मा सुरु भएको थियो, त्यसपछि यो १०६ दिन भित्र सम्पन्न भयो । अब यो रंगशाला ६ साताभित्र भत्काइनेछ ।

यस स्टेडियममा भारत र अमेरिकाबीचको अन्तिम खेल खेलिएको थियो, जसलाई जितेर भारतले विश्वकपको सुपर ८ मा स्थान बनाएको थियो । अब भारतीय टोलीले समूहको अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।