२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश



अ+ अ-

काठमाडौँ । आयोजक वेस्ट इन्डिज टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई १३ रनले हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको हो । यता, न्युजिल्यान्डको भने यो लगातार दोस्रो हार हो । हारसँगै टोलीको सुपर ८ यात्रा कठिन बनेको छ ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन जोड्यो । उसका लागि ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, मिचेल सान्टनरले अविजित २१, डेरी मिचेलले १२, रचिन रविन्द्र र जेम्स निसमले १०–१० रन जोडे ।

बलिङतर्फ वेस्ट इन्डिजका अल्जारी जोसेफले ४, गुदाकेश मोतीले ३ तथा अकिल हुसेन र आन्द्रे रसेलले १–१ विकेट लिए ।

त्यसअघि ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन जोड्यो । वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ३७ रन जोडेको थियो ।

उसका लागि शेर्फेन रदरफोर्डले विष्फोटक ब्याटिङ गरे । उनले ३९ बलमा ६८ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो । यस्तै, निकोलस पुरनले १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ तथा रोमारियो शेफर्डले १३ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्ग्युसनले २–२ तथा जेम्स निसम र मिचेल सान्टनरले १–१ विकेट लिए ।