२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश



अ+ अ-

काठमाडौँ । आयोजक वेस्ट इन्डिज टी–२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई १३ रनले हराउँदै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको हो । यता, न्युजिल्यान्डको भने यो लगातार दोस्रो हार हो । हारसँगै टोलीको सुपर ८ यात्रा कठिन बनेको छ ।

वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन जोड्यो । उसका लागि ग्लेन फिलिप्सले ४०, फिन एलेनले २६, मिचेल सान्टनरले अविजित २१, डेरी मिचेलले १२, रचिन रविन्द्र र जेम्स निसमले १०–१० रन जोडे ।

बलिङतर्फ वेस्ट इन्डिजका अल्जारी जोसेफले ४, गुदाकेश मोतीले ३ तथा अकिल हुसेन र आन्द्रे रसेलले १–१ विकेट लिए ।

त्यसअघि ट्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ थालेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन जोड्यो । वेस्ट इन्डिजले अन्तिम २ ओभरमा ३७ रन जोडेको थियो ।

उसका लागि शेर्फेन रदरफोर्डले विष्फोटक ब्याटिङ गरे । उनले ३९ बलमा ६८ रन जोडे । उनको ब्याटबाट ६ छक्का र २ चौका निस्कियो । यस्तै, निकोलस पुरनले १७, अकिल हुसेनले १५, आन्द्रे रसेलले १४ तथा रोमारियो शेफर्डले १३ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, टिम साउथी र लोकी फर्ग्युसनले २–२ तथा जेम्स निसम र मिचेल सान्टनरले १–१ विकेट लिए ।