२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४ सय ३ जनामा संक्रमण पुष्टि, ५९४ जना डिस्चार्ज



अ+ अ-

काठमाडौँ। सोमबार देशभर थप ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४०१ जनामा गरिएको पिसिआर परिक्षणमा १५९ जना महिला र २४४ जना पुरुषसहित ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६२ हजार २६२ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ५२ हजार ९०३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको जनाएको छ ।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन्।

त्यसैगरी २४ घण्टामा ५९४ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८८५ रहेको छ ।