२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन नपरे पनि पिउनुहोस् तातो पानी, यस्तो छ अनेक फाइदाँहरु



अ+ अ-

पानी पिउँन लाभदायक हुन्छ । हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी पिउने बानी बसाउनुभयो भने तपाईको शरीर बिरामी हुनबाट बचाउन सक्नुहुन्छ ।

१) तौल कम गराउँछ : तपाईको तौल लगातर बढिरह्यो र धेरै कोसिसपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाई स्वास्थ राम्रो चाहनुहुन्छ भने खाना खाएपछि १ गिलास तातो पानी खाने गर्नुहोस् ।

२) चिसो हुनबाट बचाउँछ : यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।

३) महिनावारीको दुःखाइ कम गराउँछ :  महिनावारीको दुःखाइ प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुःखाइलाई कम गर्न सक्छ । यसरी तातो पानीले पेटको दुःखाइ कम गर्न मद्दत गर्छ ।

४) शरीर सफा गराउँछ : तातो पानी पिउनाले शरीर सफा गर्नलाई मद्दत मिल्छ । र यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ । जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।

५) अनुहारमा कलिलोपना आउँछ :  तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चिन्ताको नलिनुहोस् । आजैदेखि तातो पानी पिउन सुरुवात गर्नुहोस् केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछ र चमक पनि बढ्नेछ ।६। कपालको लागि पनि फाइदाजनक गर्छस् तातो पानी कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउछ र बढाउन पनि मद्दत गर्दछ ।

७) पेटलाई दुरुस्त राख्छ : तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि १ गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिटै पचाउँछ र पेट हल्का हुन्छ ।

८) रक्त सञ्चारलाई सन्तुलन गर्छ : शरीर सुचारु रुपमा चल्नको लागि रक्त सञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । र यसको लागि तातोपानी पिउनु लाभदायक हुन्छ ।

९) ऊर्जा बढाउँछ :  सामान्य पानीको तुलनामा कागती राखेर तातो पानी पिउनाले तपाईंको ऊर्जा बढेर जान्छ । र पाचन प्रणाली पनि सन्तुलन हुनेछ ।

१०) जाडोको दुःखाइ कम गर्छ : तातो पानीले जाडोको दुखाईलाई कम गर्छ । हाम्रो माशंपेशीको ८० प्रतिशत भाग माशंपेशीले बनेको हुन्छ । तातो पानीले माशंपेशीको दुःखाइ पनि कम गर्छ ।