७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको विकल्प छैन: उपप्रधानमन्त्री



file photo
अ+ अ-

लहान । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले लोकतन्त्र र संविधान रक्षाका लागि चुनावको विकल्प नरहेकाले चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । नेकपा सिरहाले आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमबार सिरहाको चोहर्वामा सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘‘चुनाव हुने कि नहुने द्विविधा मनबाट हटाएर नेकपाका सबै तहका नेता कार्यकर्ता चुनावको तयारीमा लागौँ ।’’

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई कार्यान्वयन गर्न विभिन्न क्षेत्रमा काम अगाडि बढाइरहेकै बेला आफ्नै पार्टीका केही नेताले सरकार र पार्टी दुवैलाई असफल बनाउने प्रयास गरेपछि संसद् विघटन गरेर चुनावको घोषणा गर्नुपरेको उहाँले प्रष्ट्याउनुभयो । नेकपालाई जनताले पाँच वर्ष स्थिर सरकार चलाउन जनमत दिएकाले तीन वर्षमै सरकार ढल्नु दुर्भाग्य भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीमाथिको आरोपपत्र फिर्ता र तोकिएको मितिमा चुनावमा जान तयार भए अझै पनि एकता हुन सक्ने तर्क गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य तथा सहरी विकास मन्त्री प्रभु साहले आफू सत्यको पक्षमा लागेको भन्दै मुलुक अहिले गम्भीर मोडमा उभिएकाले भ्रममा नपरी सत्यको पक्षमा लाग्न सबैमा आग्रह गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्नसक्ने संवैधानिक अधिकार प्रयोग गरेर चुनाव घोषणा गरिएकाले चुनावको विकल्प प्रतिनिधि सभा पुनस्र्थापना हुन नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य रघुवीर महासेठ, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश सभा सदस्य ज्वालाकुमारी साहलगायतले प्रचण्ड–नेपाल समूहले फैलाएको भ्रममा नपरी चुनावको वातावरण बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो । गोरखापत्र दैनिक