• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्न एमाले सांसद पन्तको माग



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारी कर्मचारीसँग भएको पीआर र दोहोरो नागरिकताबारे छानबिन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

अख्तियारको पत्र केही समय हराएको र अहिले भेटिएको भन्ने समाचार आएको भन्दै उनले नेपाल सरकारको नुन खाएर विदेशी नागरिकता लिने को–को हुन् भनेर चिन्न पाउनुपर्ने बताए ।

उनले भने,‘पीआर भएका कर्मचारी ब्युरोक्र्याट्सहरुको दोहोरो नागरिकता छ छैन ? छानबिन गर्न भनेर अख्तियारले लेखेको चिठीले प्रधानमन्त्री कार्यालयमा बाटो बिरायो रे । बल्लबल्ल त्यो फेला त परेको छ रे । फेला परेर पनि कारबाहीका लागि लेखिएको भनेर समाचारहरूमा पढ्न पाइएको छ । नेपाल सरकारको नुन खाँदा खाँदै विदेशी नागरिकता पनि लिन रहर लाग्ने महानुभावहरू को–को रहेछन् ? त्यो हामीले चिन्न पाउनुपर्‍यो ।’