२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव

जनकपुर–जयनगर रेल भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव
अ अ+ अ-

काठमाडौँ । भारतको कोङ्कर्ण रेल्वे कर्पोरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ । नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पोरेसनले प्रस्ताव गरेको जानकारी दिनुभयो । ‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।

उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उहाँले जानकारी दिनुभयो । भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उहाँले भन्नुभयो, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो ।’’

नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ । मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ । उहाँले भन्नुभयो, ‘‘करिब दुई हप्ता तालिमको काम हुन्छ र त्यसपछि उक्त रेल सेवाको विधिवत् रूपमा उद्घाटन गरिनेछ ।’’ माघभरिमा यो सबै काम सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयो ।

थप कर्मचारीको टुङ्गो लाग्दै
रेल सेवा सञ्चालनका लागि आन्तरिक कर्मचारीको व्यवस्थापन गर्नेबारे समेत टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिनेछ ।’’ अवकाश लिएर बस्नुभएका ६० जना कर्मचारीसँग सम्पर्क भइसकेको उहाँले बताउनुभयो ।

रेल्वेको आफ्नै सुरक्षा दस्ता तयार नभएसम्म रेल्वेको सम्पूर्ण सुरक्षाको जिम्मा मन्त्रिपरिषद् बैठकले यसअघि नै सशस्त्र प्रहरी बललाई दिइसकेको छ । मन्त्रिपरिषद्को बैठकबमोजिम अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् ।

विनियमावली तयार
रेल सेवामा स्थायी कर्मचारी भर्ना गर्न विनियमावली तयार भइसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘विनियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेपछि विनियमावली लोकसेवा आयोगलाई दिइनेछ र आयोगले स्थायी कर्मचारी नियुक्तिको प्रक्रिया अगाडि बढाउने छ ।’’ लोकसेवा आयोगले स्थायी कर्मचारी नियुक्ति नगरुन्जेलसम्म वैकल्पिक कर्मचारीको व्यवस्था गरी रेल सेवा सञ्चालनमा ल्याइने उहाँले स्पष्ट पार्नुभयो । गोरखापत्र दैनिक