२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।