• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

मेलम्चीको पानी असार १ गतेदेखि बन्द !



काडमाडौं । यस वर्षको वर्षात्को समयमा पनि मेलम्चीबाट काठमाडौंमा पानी नआउने भएको छ । वर्षा सुरु भएकाले सुरुङमा गेग्रान छिर्नबाट जोगाउन पानी पर्न गर्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिमा कहिलेदेखि पानी बन्द गर्ने भन्ने बारे छलफल भइरहेको छ । तर अहिलेसम्म कुन मितिदेखि बन्द गर्ने भन्ने निर्णय भएको छैन । अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पाउँदै आउने गरेको छ ।

२०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत वर्षको असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।

यस वर्ष जेठ ३१ गतेबाट मनसुन सक्रिय हुने सूचना जल तथा मौसम विज्ञान विभागले दिइसकेको छ । त्यही अनुसार असार १ गतेबाट पानी बन्द गर्ने सोच आयोजनाको छ । अहिले दुई जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत ५ जना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको छ ।