१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी असार १ गतेदेखि बन्द !



अ+ अ-

काडमाडौं । यस वर्षको वर्षात्को समयमा पनि मेलम्चीबाट काठमाडौंमा पानी नआउने भएको छ । वर्षा सुरु भएकाले सुरुङमा गेग्रान छिर्नबाट जोगाउन पानी पर्न गर्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिमा कहिलेदेखि पानी बन्द गर्ने भन्ने बारे छलफल भइरहेको छ । तर अहिलेसम्म कुन मितिदेखि बन्द गर्ने भन्ने निर्णय भएको छैन । अहिले मेलम्चीबाट दिनको करिब २० करोड लिटर पाउँदै आउने गरेको छ ।

२०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत वर्षको असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।

यस वर्ष जेठ ३१ गतेबाट मनसुन सक्रिय हुने सूचना जल तथा मौसम विज्ञान विभागले दिइसकेको छ । त्यही अनुसार असार १ गतेबाट पानी बन्द गर्ने सोच आयोजनाको छ । अहिले दुई जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत ५ जना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको छ ।