६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

राप्रपाका प्रदेश सांसदहरुको प्रशिक्षणमा के भयो ?

राप्रपाका प्रदेश सांसदहरुको प्रशिक्षणमा के भयो ?
अ+ अ-

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेश सभा सांसदहरुका लागि आयोजित विभिन्न विषयको तीन दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षण २०८१ प्रशिक्षण कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनौट, बजेट, कानुनी एवं संवैधानिक विषयहरुमा प्रशिक्षण प्रदान गरिएको छ ।

कार्यक्रमको पहिलो दिन पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुबबहादुर प्रधानले प्रशिक्षणको उद्घाटन गर्दै राजनीतिक वृत्तिविकासका लागि र सांसदहरुको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताउनुभयो । त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वाताका बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता एवं संविधानविद डा. भीमार्जुन आचार्यले नेपालको संविधान र संघीयताले पार्ने असरका विषयमा प्रदेश सांसदहरुलाई प्रशिक्षित गर्नुभयो ।

त्यस्तै पार्टीका नेता, सदस्य र सांसदहरुले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठ सालोक्यले प्रशिक्षण सञ्चालन गर्नुभयो ।

प्रशिक्षण कार्यक्रमको दोश्रो दिन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष सम्बोधन गर्नुभएको छ । सो अवसरमा अध्यक्ष लिङ्देनले सैद्धान्तिक रुपमा राप्रपा संघीयताको विरोधमा रहेपनि यहि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण र निर्देशन दिनुभयो ।

दोश्रो दिनको प्रशिक्षणका क्रममा पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका शीर्षकमा प्रशिक्षण प्रदान गर्नुभयो । त्यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वृत्तिविकास र नेतृत्व विषयमा र नेपाल सरकारका नेपाल सरकारका पूर्वसचिव राजीव गौतमले प्रदेश सभा सञ्चालन, विधि निर्माण र सदस्यहरुको भूमिकामा र नेपाल सरकारका पूर्वसचिव केवल प्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा सांसदहरुलाई प्रशिक्षित गर्नुभयो ।

प्रशिक्षणको तेश्रो दिन राप्रपाका मुख्यसचिव समेत रहनुभएका पूर्वसचिव केदारबहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापन: सम्भावना र चुनौतिका बारेमा प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सांसद सहभागी हुनुहुन्थ्यो । राप्रपाको सातै प्रदेशमा गरि २८ जना सांसद रहेका छन् । जसमध्ये २ जना सभामुख र १ जना उपसभामुख पदमा रहेकाले २५ जना सांसद प्रशिक्षार्थीका रुपमा सहभागी भएको केन्द्रीय प्रशिक्षण विभागकी उपप्रमुख खुस्बु ओलीले जानकारी दिनुभयो ।

समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षा अनुरुप योजना छनौट, विकास निर्माणमा सक्रिय हुन सांसदहरुलाई निर्देशन दिनुभयो । उहाँले विगतमा अनेकन जोखिम उठाउँदै पार्टीलाई आजको अवस्थासम्म ल्याइएको र अझै राजनीतिक कार्यभार बककाकी रहेकाले पार्टीको संगठन निर्माणमा जुट्न सांसदहरुलाई अनुरोध गर्नुभयो ।

पूर्व अध्यक्ष पशुपतिशमसेर जबराले झिनामसिना कुरालाई वेवास्ता गरेर राप्रपालाई आगामी निर्वाचनमै देशको अग्रणी शक्ति बनाउन आफ्नो ठाउँमा अहोरात्र खट्न सांसदहरुलाई अनुरोध गर्नुभयो । सहभागी प्रशिक्षार्थी सांसदहरुलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र प्रदान गर्नुभयो भने विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ध्रुबबहादुर प्रधानले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।

सांसदहरुलाई प्रदान गरिएको तीनदिने प्रशिक्षण कार्यक्रमका लागि अमेरिका निवासी पार्टीका शुभचिन्तक आमोद कटुवालले र सिरिन वेलनेस, अर्गानिक अनलाइनको समेत विभिन्न प्रायोजन गरेको गर्नुभएको उपप्रमुख ओलीले बताउनुभयो ।