२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीलाई प्रपोज गर्ने इंग्लिस महिला क्रिकेटरले आफ्नी प्रेमिकासँग बिहे गरिन्



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डकी महिला क्रिकेटर डेनियल व्याटले एक पटक भारतका दिग्गज ब्याट्सम्यान विराट कोहलीलाई प्रपोज गरेकी थिइन् ।

उनी विराटसँग बिहे गर्न चाहन्थिन् । तर अहिले उनले आफ्नी प्रेमिकासँग बिहे गरेकी छन् । उनले आफ्नो इन्स्टाग्राममा विवाहको तस्बिर पोस्ट गरेकी छन् ।

२०१४ मा, व्याटले सोशल मिडिया साइट एक्स मा एक पोस्ट गरेकी थिइन् जसमा उनले कोहलीलाई प्रपोज गरेकी थिइन् । उनले पोस्टमा लेखेकी छन्, ‘कोहली, मसँग विवाह गर ।’ जसका कारण व्याट चर्चामा आएकी थिइन् र पछि उनले मजाक गरेको बताएकी थिइन् ।

व्याट भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरसँग पनि चर्चामा आएकी थिइन् । यी दुईको तस्बिर निकै भाइरल भएको थियो । दुबै एक अर्काका असल साथी हुन् ।

व्याटले आफ्नो इन्स्टाग्राममा विवाहको तस्बिर पोस्ट गरिन् । उनले विवाह गरेको केटीको नाम जर्जी होज हो । होज फुटबल टोलीका व्यवस्थापक हुन् । दुवैले गत वर्ष इन्गेजमेन्ट गरेका थिए र अहिले बिहे भएको छ । विवाहको तस्बिरमा दुवैले सेतो लुगा लगाएका छन् र निकै खुसी देखिएका छन् । यी दुईको तस्बिरमा फ्यानले धेरै स्नेह व्यक्त गरेका छन् ।

व्याटले इङ्ल्यान्डका लागि दुई टेस्ट खेलेकी छन् र १२९ रन बनाएकी छन् । उनले आफ्नो ब्याटबाट एक अर्धशतक बनाएकी छन् । उनले इङ्ल्यान्डका लागि ११० ओडीआई खेलमा दुई शतक र पाँच अर्धशतक सहित १९०७ रन बनाएकी छन् । टी–२० को कुरा गर्दा व्याटले १५६ खेलमा २७२६ रन बनाएकी छन् । उनले टी–२० मा २ शतक र १४ अर्धशतक पनि बनाएकी छिन् ।