२४ मंसिर २०८२, बुधबार
,
Latest
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिश जिसी रिजर्भमा परेपछि आमा प्रतिभाको प्रतिक्रिया– समाचार सुनेपछि मन भारी भयो



अ+ अ-

काठमाडौँ । युवा फास्ट बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले आफ्नो छोरालाई ‘ट्राभलिङ रिजर्भ’मा राख्ने क्यानको निर्णयमाथि प्रश्न उठाएकी छन् ।

सामाजिक सञ्जालमा आफ्नो भावना पोख्दै प्रतिभाले एक्कासि छोराबारे गरिएको निर्णय सुन्दा मन भारी भएको बताईन् ।

जारी टी–२० विश्वकपमा नेपालको स्क्वाडमा स्पीनर सन्दीप लामिछाने टीममा जोडिएसँगै जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । सन्दीपको आगमनसँगै टीममा रहेका लेफ्टआर्म मिडियम फास्ट बलर प्रतिशलाई प्रतिस्थापन गरिएको हो । यसबारे बोल्दै प्रतिभाले स्पिनर बलरको सब्सिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छ ? भनेर प्रश्न गरेकी छिन् ।

सन्दीपलाई समेटिएको प्रति भने उनले खुसी व्यक्त गरेकी छन् । ‘सन्दीपको टिममा पुनरागमन हुँदा एकदमै खुसी छु’, उनले लेखेकी छन्, ‘नेपाल क्रिकेट टिम एउटा परिवार हो, यहाँ दाइ र भाइ जो खेले पनि देशकै लागि खेल्ने हो ।’