८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री यादवद्वारा वीरगञ्जमा ढलान सडक उद्घाटन



अ+ अ-

वीरगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरमा ढलान सडक तथा नालाको उद्घाटन गर्नुभएको छ ।

उहाँले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाँमा निर्मित ढलान सडक तथा नाला उद्घाटन गर्नुभएको हो ।

त्यसअवसरमा उहाँले सडक र नाला निर्माणसँगै स्थानीयले वर्षौदेखि भोग्दैआएको सास्तीबाट मुक्ति पाउने बताउनुभयो । ‘‘यहाँ सडक र नाली नबन्दा निकै समस्या भइरहेको थियो’ । स्थानीयवासीको मागबमोजिम सडक र नाला निर्माण भएपछि पक्कै पनि हालसम्म भोग्दैआएको समस्या समाधान हुनेछ”, यहाँले भन्नुभयो ।

मन्त्री यादवले सडक र नाला निर्माणले वडासँगै समग्र वीरगञ्ज महानगरको पनि समृद्धि हासिल गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो । रासस