२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ



अ+ अ-

ईलाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मंगलबार देउमाई नगरपालिका-८ आमबोटेका ३३ वर्षीय सुवाश राई पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार सुवाशले घरायसी विवादकै क्रममा श्रीमती २७ वर्षीया नम्रता राईलाई खुकुरी प्रहार गरी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।