• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

वायु सेवा निगमकी वरिष्ठ क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा



काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी)की वरिष्ठ क्याप्टेन भावना पन्तको निलम्बन फुकुवा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन फकुवा गरेसँगै पन्तले उडान थालेकी छन् ।

पन्त निगमको न्यारो बडी जहाजकी वरिष्ठ क्याप्टेन हुन् । निलम्बन फकुवा भएसँगै उनले आइतबार काठमाडौं–मुम्बई उडान भरेकी छन् ।

विमानस्थल परिसरमा जथाभावी अन्तरवार्ता दिएको भन्दै क्यानले जेठ २१ गते पन्तलाई निलम्बन गरेको थियो । यसैगरी फोटो र भिडियो खिचेको भन्दै वायु सेवा निगमकै अर्का वरिष्ठ क्याप्टेन विजय लामालाई ग्राउन्डेड गरेको थियो ।

तर, विमानस्थल परिसरमा पन्तले क्यानको अनुमति मै अन्तरवार्ता दिएको खुलेपछि उनको निलम्बन फकुवा गरिएको हो ।

यसअघि क्यानले उजुरीका आधारमा पन्तलाई ग्राउन्डेड गरेको थियो । उनले विमानस्थल परिसरमा अन्तरर्वाता दिएको भने २ वर्ष अगाडि नै हो ।

क्यानले अर्का पाइलट लामाको निलम्बन भने फुकुवा गरेको छैन ।