१ असार २०८३, सोमबार
,
Latest
बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित



अ+ अ-

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो ।

उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित हुनुभएको छ ।

केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिले जनाएको छ ।