२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ ।

अभियन्ता कृतु भण्डारीका अनुसार गत कात्तिकमा रुसी सेनामा गएका लमजुङका सन्देश थापाको मृत्यु भएको हो ।

थापाको जेठ २२ गते मंगलबारको दिन मृत्यु भएको उनले जानकारी दिइन् ।

२१ वर्षीय थापाले केही दिन अगाडिदेखि नेपाल सरकारलाई नेपाल फर्काइदिन बारम्बार आग्रह गरेको पनि भण्डारीले बताइन् ।

समयमै उनलाई नेपाल सरकारले उद्धार गर्न नसक्दा उनको मृत्यु भएको छ । उनीसहित हालसम्म रुसी सेनामा ४४ नेपाली नागरिकको मृत्यु भइसकेको छ ।