३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा



अ+ अ-

ब्रसेल्स ।युरोपेली सङ्घ (ईयू) को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ ।

निर्वाचनसँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको संज्ञा दिनुभएको विधायिकाको मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।

मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसद्मा समग्र बहुमत कायम राखेपनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि ईयूको राजनीति तरङ्गित भएको छ ।

अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अष्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्याण्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भन्नुभयो, “हामी बायाँ र दायाँबाट अतिवादीहरूको विरुद्धमा किल्ला निर्माण गर्नेछौं ।”

७२० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए ।

ईयूको अर्को संसद र आयोगले युक्रेनमा रूसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको सङ्कटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ ।

ईपीपीको प्रमुख उम्मेदवारको रूपमा, भोन डेर लेयेन आयोग सञ्चालन गर्नका लागि नयाँ जनादेश आवश्यक ठान्नुहुन्छ ।

इयूका नेताहरूले जुन २७ देखि २८ सम्म हुने शिखर सम्मेलनअघि जुन १७ देखि नै उहाँको नाम लिने वा अर्को विकल्प रोज्ने भन्नेबारे निर्णय गर्न थाल्नेछन् ।

यद्यपि, फ्रान्समा मरिन ले पेनको दक्षिणपन्थी नेसनल र्‍याली ९आरएन० पार्टीको शानदार जितले म्याक्रोँलाई यति ठूलो झट्का दियो कि उहाँले पेरिस ओलम्पिकको एक महिना अघि जुन ३० का लागि राष्ट्रिय विधायिकाको चुनावको आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “म केही भएको छैन जस्तो व्यवहार गर्न सक्दिनँ । उहाँले फ्रान्सेली जनताले अब आफू र भावी पुस्ताका लागि सबैभन्दा राम्रो विकल्प रोज्नुपर्ने बताउनुभयो ।