२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको अभावमा सवारी दुर्घटना न्युनिकरणको काम प्रभावकारी हुन सकेन: उपप्रधानमन्त्री महासेठ



अ+ अ-

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताउनुभएको छ ।

सोमवार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उपप्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गर्नुभयो । उहाँले संविधान अनुसार सडकमा हुने दुर्घटना न्युनिकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र संघीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानून बनाउने काम गरिरहेको बताउनु भयो । उपप्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाईसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई संघीय सरकारले हस्तक्षेप नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले पनि, सडक विभागले पनि जुन प्रकारले त्यसको व्यवस्थापन सक्नुपर्ने हो, मैले अघि पनि भने–अर्थको अभावमा हुन सकिरहेको छैन । तर यसपाली २०८१/८२ को बजेटमा हामीले यी कुराहरुको व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौं । खासगरी नेपालजस्तो देशमा अहिलेसम्म हामीले इन्टेलिजेन्टी ट्राफिक सेवाहरु ल्याउन सकेका छैनौं । जसले यस्ता दुर्घटनाहरुलाई कन्ट्रोलहरु गर्ने, हामीले ठाउँ ठाउँमा जुन साईनहरु दिनुपर्ने थियो, जुन सुरक्षालाई ध्यानमा राखेर सूचना बोर्डहरु राख्नुपर्ने थियो, विज्ञापनमार्फत जनताको बीचमा लैजानुपर्ने थियो । यात्रीहरुको बीचमा त्यो सूचना लैजानुपर्ने थियो । त्यो हामीले गर्न सकिराखेका छैनौं । अहिले हामीले शुरुवात गरेका छौं । अब यसलाई रोक्नलाई के समस्या छ भने हिजोसम्म यातायात व्यवस्थाका सम्पूर्ण नेटवर्क संघीय सरकारको मातहतमा थियो । अहिले संविधानको भावना अनुसार सो काम प्रदेश सरकारलाई जिम्मा लगाइएको छ । अव हाम्रो जुन यातायात व्यवस्था विभाग छ । त्यो विभागको काम भनेको ऐन बनाउने र कार्यान्वयनका लागि तल पठाउने हो । लाईसेन्स दिने काम पनि अब तलबाटै हुन्छ । त्यसमा संघीय सरकारको कुनै हस्तक्षेप हुँदैन । हामीले पटक पटक उहाँहरुलाई निर्देशन दिईरहेका हुन्छौँ ।’

उपप्रधानमन्त्री महासेठले संघीय सरकारले सडक दुर्घटनाबाट हुने क्षति न्यूनिकरणका लागि पनि सक्दो काम गरिरहेको बताउनु भयो ।