१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्र्याक्टर बेचेर खेलको टिकट किनेका थिए पाकिस्तानी फ्यानले, हारपछि लाखौं पैसा बर्बाद



अ+ अ-

एजेन्सी । आईसीसी टी–२० विश्वकपको इतिहासमा भारतसँग पाकिस्तानको सातौं पराजय भारतीय फ्यानका लागि खुसीको कारण बनेको छ भने पाकिस्तानी फ्यानका लागि यो ह्रदयविदारक छ । विशेष गरी पाकिस्तानको जितका लागि आफ्नो ट्र्याक्टर बेच्ने फ्यानका लागि ।

खेलपछि नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियम बाहिरको दृश्य हेर्न लायक थियो । त्यहाँ ‘निले रंग का समन्दर’ ढोलमा दमदार डान्स स्टेप्स गर्दै ‘इन्डिया इन्डिया’को नारा लगाउँदै थिए ।

जसमा एक पाकिस्तानी फ्यान पनि थिए जसले ३ हजार डलर (नेपाली मुद्रामा ४ लाख रुपैयाँ) खर्चेर खेलको टिकट किनेका थिए । यसका लागि फ्यानले आफ्नो ट्र्याक्टर बेचेका थिए तर पाकिस्तानी टोलीले खेल जितेको देख्न सकेनन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै फ्यानले भने, ‘मैले ३ हजार अमेरिकी डलरको टिकट किन्न मेरो ट्र्याक्टर बेचे । भारतको स्कोर हेर्दा हामीले यो खेल हार्नेछौं भन्ने सोचेका थिएनौं । हामीले सहज जित हुने सोचेका थियौं । खेल हाम्रो हातमा थियो, तर बाबर आजम आउट भएपछि मानिसहरू निराश भए । म सबै भारतीय प्रशंसकहरूलाई बधाई दिन्छु ।’

खेलको कुरा गर्दा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतीय ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गर्दै २० ओभरमा ११९ रन मात्र बनाए । लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सके र खेल ६ रनले पराजित भयो । टी–२० विश्वकपमा भारतले पाकिस्तानमाथि सातौं जित दर्ता गरेको छ ।