१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दोधारा चाँदनीको शवगृहमा सक्रिय ‘कौशिला’

दोधारा चाँदनीको शवगृहमा सक्रिय ‘कौशिला’
अ अ+ अ-

महेन्द्रनगर । मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो ।

दोधारा चाँदनी नगरपालिकाको दोधारा चाँदनीमा हेल्पर पदका कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत रहनुभएको छ । दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ ।

विसं २०६६ देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनाँै शव चिरफार गरिसकेको बताउनुभयो । “वर्षमा ४० देखि ५० शव आउँछन्”, उहाँले भन्नुभयोे, “कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिन ।”

उहाँ चिकित्सकको आग्रहअनुसार शव चिर्ने, भिसेरा निकाल्ने र शव सिलाउने काम गर्दै आउनुभएको छ । प्रक्रियाअनुसार शव शवपरीक्षण गर्दा प्रहरी, चिकित्सक र हेल्परको शवगृहमा उपस्थिति रहन्छ । “हेल्परमा काम सुरु गरेको वर्षदिन जति काम हेर्दै सिकेँ,” उहाँले भन्नुभयो, “बाँकी डेढ दशकयता शव चिर्न आफैँ सक्रिय छु ।”

विसं २०२२ मा दोधारा चाँदनीमा बसोबास गर्दै आएका कौशिलाका पति कृष्णप्रसाद शर्मा गाउँमा सामान्य ठेला व्यापार गर्नुहुन्छ । “शवको काममा लाग्दा सुरुमा केही दिन खाना खाने मनसमेत लाग्थेन”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमका अरू अस्पतालमा महिला शवको काममा लागेको मलाई जानकारी छैन । ”

केही समयअघि नगरपालिकाले उहाँलाई एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो । प्राथमिक तहको अध्ययन मात्रै गरेकी कौशिला शवगृहको काममा भने दख्खल कर्मचारी मानिनुहुन्छ् । “पहिले गोरु गाडामा शव आउने र गाडामै राखेर शवपरीक्षणको काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “सात वर्षदेखि पोष्टमार्टम घर बनेकाले सहज भयो ।” जागिर सुरु गर्दा रु दुई हजार पाँच सय मासिक तलबमा काम गरेको बताउने उहाँको हालको तलब रु १९ हजार छ ।

लामो समय शवगृहमा काम गरेको अनुभव बटुलेकी कौशिलालाई घर परिवारले विश्राम लिन भने पनि अस्पतालमा उक्त काम गर्ने कर्मचारीको अभावले छाड्न नसकेको उहाँको भनाइ छ । शवपरीक्षणपछि प्रतिशवको रु पाँच सय भत्ता आउने गरेको सुने पनि आफूले भने अहिलेसम्म नपाएको उहाँको दुखेसो छ । उहाँले शवपरीक्षणको काम पनि एक प्रकारको समाज सेवाका रुपमा आफूले लिने गरेको बताउनुभयो । “जन्मपछिको मृत्यु सत्य हो”, उहाँले भन्नुभयो, “मृत शरीर अस्पतालमा आउँदा त्यसको व्यवस्थापन र प्रक्रियागत काम सक्नु मेरो जिम्मेवारी हो ।”

दोधारा चाँदनी अस्पतालका प्रमुख डा जयानन्दनप्रसाद साह चिकित्सकले दिएको काम हेल्पर कौशिलाले सहज रुपमा गर्ने गरेको बताउनुभयो । “कागजात सङ्कलनदेखि शव चिरफारसम्मको काममा उहाँ सक्रिय हुनुहुन्छ”, डा साहले भन्नुभयो, “महिलालाई शवको चिरफारको काममा देखेर म पनि सुरुमा चकित परे ।” उहाँले शव देखेर डराउने समाजमा महिला भएर पनि हिम्मतका साथ सडेगलेको अवस्थामा आएका शव पनि परीक्षणमा सहज रुपले उहाँ खटिने गरेको बताउनुभयो । रासस