६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन सक्छ आज कालो धुवाँ, विमानस्थल आधा घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन सक्छ आज कालो धुवाँ, विमानस्थल आधा घण्टा बन्द
file photo
अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन अभ्यास गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आज संकटकालीन अभ्यास गर्न लागिएको जानकारी दिएको हो ।

यो विमानस्थलमा आज दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवम् उद्धारसँग सम्बन्धी विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासमध्ये विमानस्थलमा जहाज दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिन लागेको हो ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरुले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो सुचारु गराउने रहेको छ ।

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुँवाका साथै दमकल, सुरक्षाकर्मी, एमबुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिने प्राधिकरणले जनाएको छ । अभ्यासका क्रममा स्थानीय समय १ बजेदेखि साढे १ बजेसम्म यो विमानस्थलको अपरेसन बन्द हुने र नियमित नियमित उडान अवतरण प्रभावित हुनसक्ने प्राधिकरणको भनाइ छ ।

यो विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमरजेन्सी प्लान अनुसार गरिने योजनाबद्ध अभ्यास हो ।