१० असार २०८२, मंगलवार
,
Latest
जसपाले समर्थन फिर्ता लिँदैमा सरकारलाई असर पर्दैन : अध्यक्ष यादव तनहुँका स्थानीय तहद्वारा करिब रु आठ अर्बको बजेट प्रस्तुत ‘शिक्षाको अवस्था सुधार्न स्थानीयतहको पहलकदमी आवश्यक छ’ अध्यक्ष दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता ‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’ आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा दुई अर्ब ९१ करोड राजस्व सङ्कलन हेटौँडा उपमहानगरपालिकाको बजेट दुई अर्ब ९० करोड वीरेन्द्रनगरद्वारा चार अर्ब ३८ करोड बजेट विनियोजन ‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ भिजिट भिसा छानबिनमा वैरागी नेतृत्व अस्वीकार्य : रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन सक्छ आज कालो धुवाँ, विमानस्थल आधा घण्टा बन्द



file photo
अ+ अ-

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन अभ्यास गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आज संकटकालीन अभ्यास गर्न लागिएको जानकारी दिएको हो ।

यो विमानस्थलमा आज दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवम् उद्धारसँग सम्बन्धी विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार गरिने विभिन्न अभ्यासमध्ये विमानस्थलमा जहाज दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिन लागेको हो ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरुले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो सुचारु गराउने रहेको छ ।

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुँवाका साथै दमकल, सुरक्षाकर्मी, एमबुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिने प्राधिकरणले जनाएको छ । अभ्यासका क्रममा स्थानीय समय १ बजेदेखि साढे १ बजेसम्म यो विमानस्थलको अपरेसन बन्द हुने र नियमित नियमित उडान अवतरण प्रभावित हुनसक्ने प्राधिकरणको भनाइ छ ।

यो विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमरजेन्सी प्लान अनुसार गरिने योजनाबद्ध अभ्यास हो ।