२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधवारको मौसम पुर्वानुमान हेर्नुहोस्



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, बुधबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । 

यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

भने, पश्चिमी  उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।