२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान



file photo
अ+ अ-

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने भएका हुन् ।

प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्दै सन्दीपलाई विश्वकप खेल्ने १५ जनाको टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

सन्दीप गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्वाडमा रहेको तर अमेरिकाले भिसा नदिएको क्यानले विज्ञप्तीमार्फत जनाएको छ ।

योसँगै वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा उनी सहभागी हुने भएका छन् ।