२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरू



अ+ अ-

काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको अन्तिम सुनुवाइका सुरु भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित अन्य चार न्यायाधिसको ईजलासमा रिट माथीको सुनुवाई हुन लागेको हो । पाँच सदस्यीय संवैधानिक इजलासमा यस अघि नै न्यायधीसहरुलाई निरन्तरता दिईएको छ ।

ईजलासमा प्रधानन्यायाधीश जबरा संगै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी रहनु भएको छ । यता प्रधानमन्त्रीको कदम असंवैधानिक भएको दाबी गर्दे बहसका लागि तयार भएका कानून व्यवसायीहरुले भने रिटलाई संवैधानिक ईजलासमा नभई पूर्ण ईजलासमा पठाउन माग गरेका गरेका छन् ।

रिट पूर्ण ईजालासमा जाने सम्भावना कम रहेको भन्दै एक कानून व्यवसायीले भन्नुभयो- 'अब संवैधानिक ईजलासमा यसको निरपण हुन्छ तर सयम भने केही साता लाग्न सक्छ । बुधबार देखी सर्वोच्च अदालतको संवैधानिक ईजलासमा निरन्तर रुपमा प्रतिनिधि सभा विघटनको विषयमा बहस हुने छ ।'