२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीदेखि बाबरसम्म, सबैको नजर भारत–पाकिस्तान खेलमा यी पाँच खेलाडीमा हुनेछ



अ+ अ-

एजेन्सी । २०२४ को टी–२० विश्वकपमा, सबै क्रिकेट फ्यानहरू आजको प्रतिक्षामा छन्, जब भारत र पाकिस्तानका टोलीहरू आमनेसामने हुनेछन् र उच्च भोल्टेज खेल हुनेछ ।

दुई टोलीहरूबीचको टी विश्वकपको पहिलो खेल २००७ मा खेलिएको थियो । खेल टाईमा सकिएपछि भारतले बलआउटमा जित्दै २ अंक जोडेको थियो ।

यसपछि सोही विश्वकपको फाइनलमा भारत–पाकिस्तानको टोली फेरि भिड्यो तर भारतले उक्त खेल जितेर ट्रफी जित्यो । यससँगै सन् २०२२ मा भएको टी–२० विश्वकपको खेलमा भारतीय टोलीले पाकिस्तानलाई अन्तिम बलमा पराजित गरेको थियो ।

उक्त खेलमा विराट कोहलीको इनिङ्स उत्कृष्ट थियो । कोहलीले अविजित ८२ रन बनाएर असम्भव जित सम्भव बनाएका थिए । यसपटक पनि किंग कोहलीबाट पाकिस्तानविरुद्ध ठूलो इनिङ्स खेल्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा भारत–पाकिस्तानको खेलमा सबैको नजर कुन–कुन ५ स्टारमा रहने छ भन्नेबारे यहाँ चर्चा गरौँ ।

१. विराट कोहली
पहिलो नम्बरमा विराट कोहलीको नाम आउँछ, जसले आईपीएल २०२४ मा ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । आईपीएलमा ओरेन्ज क्याप (सर्वाधिक रन बनाउनेलाई दिइने) कोहलीको टाउकोमा सजिएको थियो । कोहली अहिले उत्कृष्ट लयमा छन् तर आयरल्याण्डविरुद्ध ओपनिङ गर्दा उनको ब्याट मौन रह्यो । अब पाकिस्तानविरुद्धको खेलमा कोहलीबाट ठूलो इनिङको अपेक्षा गरिएको छ । गत टी–२० विश्वकपमा कोहलीले पाकिस्तानविरुद्धको खेलमा भारतलाई हारिसकेको खेललाई जिताएका थिए ।

२.बाबर आजम
दोस्रो स्थानमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमको नाम छ, जसमाथि भारत–पाकबीचको खेलमा सबैको नजर रहनेछ । बाबर आजमले अमेरिकाविरुद्ध पाकिस्तानको सुरुवाती खेलमा ४४ रनको इनिङ खेलेका थिए । त्यसैगरी, २०२१ को विश्वकपमा बाबरले भारतविरुद्ध खेल जित्ने इनिङ खेलेका थिए । यस्तो अवस्थामा यसपटक पनि पाकिस्तानी टोलीले उनीसँग ठूलो इनिङ्स खेल्ने अपेक्षा गरेको छ ।

३. रोहित शर्मा
तेस्रो नम्बरमा रोहित शर्माको नाम छ, जसले आईपीएल २०२४ मा अपेक्षित प्रदर्शन गर्न सकेनन्, तर उनले चेन्नई र राजस्थान रोयल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । टी–२० विश्वकपमा भारतको उद्घाटन खेलमा रोहित शर्माको ब्याट बलियो गर्ज्यो । उनले ३७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको इनिङ खेले । अब रोहितले पाकिस्तानविरुद्ध पनि आफ्नो फर्मलाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

४. शाहिन अफ्रिदी
चौथो नम्बरमा पाकिस्तानका डरलाग्दो फास्ट बलर शाहिन अफ्रिदीको नाम छ, जो नयाँ बलले भारतविरुद्ध धेरै पटक भारतको इनिङ्सलाई ध्वस्त पारेका छन् । रोहित शर्मा पनि शाहिन अफ्रिदीको अगाडि रन बनाउन संघर्ष गरिरहेको देखिन्छ । यस्तो अवस्थामा भारत–पाकिस्तानको खेलमा सबैको नजर शाहिन अफ्रिदीमाथि लागेको छ ।

५. मोहम्मद अमिर
चौथो नम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका मोहम्मद आमिरको नाम छ, जसलाई लिएर भारतीय टोलीले सावधानी अपनाउन जरुरी छ । आमिरले आफ्नो स्विङ बलिङले सबैलाई समस्यामा पार्न सक्छन् । २०१७ च्याम्पियन्स ट्रफीमा पाकिस्तानी टोलीको जितमा मोहम्मद आमिरको ठूलो भूमिका थियो । यस्तो अवस्थामा सबैको नजर उनको सन्यासबाट फर्किएपछिको प्रदर्शनमा हुनेछ ।