२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावेलले हिर्काए टि–२० विश्वकप २०२४ को सबैभन्दा लामो छक्का, बल स्टेडियमबाट बाहिर पुग्यो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा वेस्ट इन्डिजले युगान्डाको सामना गरेको थियो । क्यारेबियन टोलीले युगान्डालाई १३४ रनले पराजित गर्दै टी–२० क्रिकेटमा सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा १७३ रन बनाएको थियो । युगाण्डाको सम्पूर्ण टोली १२ ओभरमा ३९ रनमा मात्रै सिमित भयो ।

वेस्ट इन्डिजले खेल जितेर इतिहास रच्दा कप्तान रोभम्यान पावेलले आफ्नो नाममा अनौठो कीर्तिमान बनाएका छन् । वास्तवमा, रोवम्यानले युगान्डाविरुद्ध १०७ मिटर लामो छक्का प्रहार गरे जुन स्टेडियम बाहिर खसेको थियो । यो हालको टी–२० विश्वकपको सबैभन्दा लामो छक्का थियो । पावेलले खेलको ११ ओभरको चौथो बलमा यो कीर्तिमान गरेका थिए ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा स्लो विकेटमा रोभम्यान पावेलले १८ बलमा २३ रन बनाए । वेस्ट इन्डिजका कप्तानले आफ्नो छोटो इनिङ्समा १ चौका र १ छक्का प्रहार गरे । युगाण्डाका बलर मसाबाले उनलाई आउट पारे ।