६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावेलले हिर्काए टि–२० विश्वकप २०२४ को सबैभन्दा लामो छक्का, बल स्टेडियमबाट बाहिर पुग्यो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा वेस्ट इन्डिजले युगान्डाको सामना गरेको थियो । क्यारेबियन टोलीले युगान्डालाई १३४ रनले पराजित गर्दै टी–२० क्रिकेटमा सबैभन्दा ठूलो जित दर्ता गरेको छ ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा १७३ रन बनाएको थियो । युगाण्डाको सम्पूर्ण टोली १२ ओभरमा ३९ रनमा मात्रै सिमित भयो ।

वेस्ट इन्डिजले खेल जितेर इतिहास रच्दा कप्तान रोभम्यान पावेलले आफ्नो नाममा अनौठो कीर्तिमान बनाएका छन् । वास्तवमा, रोवम्यानले युगान्डाविरुद्ध १०७ मिटर लामो छक्का प्रहार गरे जुन स्टेडियम बाहिर खसेको थियो । यो हालको टी–२० विश्वकपको सबैभन्दा लामो छक्का थियो । पावेलले खेलको ११ ओभरको चौथो बलमा यो कीर्तिमान गरेका थिए ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा स्लो विकेटमा रोभम्यान पावेलले १८ बलमा २३ रन बनाए । वेस्ट इन्डिजका कप्तानले आफ्नो छोटो इनिङ्समा १ चौका र १ छक्का प्रहार गरे । युगाण्डाका बलर मसाबाले उनलाई आउट पारे ।