• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

पशुपतिमा आयोजित कोटीहोममा भारतका शंकराचार्य आउने



ललितपुर । आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुन लागेको ऐतिहासिक श्री पशुपतिनाथ कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने भएको छ ।

नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो र बृहत् यस कोटिहोम महायज्ञमा भारतबाट शंकराचार्य स्वामी आउने निश्चित भएको सो बृहत कोटिहोम महायज्ञको आयोजक संस्था मानव सेवा फाउण्डेसनले जनाएको छ ।

सो फाउन्डेसनका व्यवस्थापक विजय केसीले भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने निश्चित भएको जानकारी दिनुभएको हो । नेपालमा अहिलेसम्मकै बृहत रुपमा आयोजना हुन लागेको भनिएको यस कोटिहोम महायज्ञको तयारी व्यापक रुपमा भएको बताइएको छ ।

यस महायज्ञको प्रचार प्रसार पनि अहिले देश तथा विदेशमा भइरहेको महायज्ञका आयोजकले जनाएका छन् । ललितपुरको बाँडेगाउँमा रहेको मामाघर आश्रम र भक्तपुरको ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ यस कोटीहोम महायज्ञको आयोजना गरिएको हो ।