१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श भोटेकोसी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा आयोजित कोटीहोममा भारतका शंकराचार्य आउने



अ+ अ-

ललितपुर । आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुन लागेको ऐतिहासिक श्री पशुपतिनाथ कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने भएको छ ।

नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो र बृहत् यस कोटिहोम महायज्ञमा भारतबाट शंकराचार्य स्वामी आउने निश्चित भएको सो बृहत कोटिहोम महायज्ञको आयोजक संस्था मानव सेवा फाउण्डेसनले जनाएको छ ।

सो फाउन्डेसनका व्यवस्थापक विजय केसीले भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने निश्चित भएको जानकारी दिनुभएको हो । नेपालमा अहिलेसम्मकै बृहत रुपमा आयोजना हुन लागेको भनिएको यस कोटिहोम महायज्ञको तयारी व्यापक रुपमा भएको बताइएको छ ।

यस महायज्ञको प्रचार प्रसार पनि अहिले देश तथा विदेशमा भइरहेको महायज्ञका आयोजकले जनाएका छन् । ललितपुरको बाँडेगाउँमा रहेको मामाघर आश्रम र भक्तपुरको ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ यस कोटीहोम महायज्ञको आयोजना गरिएको हो ।




भर्खरै