१० मंसिर २०८१, सोमबार
,
Latest
चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु



अ+ अ-

चितवन । चितवनमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो। मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।