१० भाद्र २०८३, बुधबार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट: आसन्न भारत भ्रमणबारे जानकारी



अ+ अ-

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शितल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्नुहुनेछ ।