११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी

‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी
अ अ+ अ-

काठमाडौँ । इतिहासका अध्येताले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकास्थित ‘कपेर महाँकाल गढी’ मध्यकालदेखि नै रणनीतिक महत्वको गढी रहेको दाबी गरेका छन् । शुक्रबार बेथानचोक गाउँपालिका र संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा गरिएको अन्तक्र्रिया कार्यक्रममा प्रा डा दिनेशराज पन्तलगायत इतिहासकारले सो गढीको ऐतिहासिक महत्वबारे अवगत गराउनुभएको थियो ।

काभ्रेको पनौती र मकवानपुरको हरिहरपुर गढीको बीचमा रहेको सो गढी मध्यकालीन समयमा सिम्रौनगढबाट उपत्यकामा हुने आक्रमणको मार्गसमेत रहेको उहाँहरुको दाबी छ । अध्ययन केन्द्रले गरेको अध्ययनबाट सोही क्षेत्रमा नेपाल एकीकरणको समयमा तत्कालीन गोरखाली सेना र अन्य सेनसेनाबीच युद्ध भएको पुष्टि भएको छ ।

सो अवसरमा प्रा डा पन्तले भन्नुभयो, “विसं १८१९ माघ १० गते मकवानपुर गढीमा  बङ्गाली सेनासँग युद्ध भयो । त्यस्तै विसं १८२४ आश्विन १५ गते सिन्धुलीगढीको पौवा गढीमा किनलकको सेनालाई हटाइयो । अङ्ग्रेजहरु यहाँसम्म नआइपुगे पनि यो मकवानपुरबाट उपत्यका प्रवेश गर्न नदिन तयार पारिएको गढीका रुपमा चिन्न सकिन्छ ।” तत्कालीन समयमा उपत्यकाबाट पूर्वतर्फको आक्रमण रोक्न यो गढी महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख महेशकुमार आचार्यले त्रिभुवन विश्वविद्यालयका अध्यापक एवं स्नातकोत्तर उत्तीर्ण विद्यार्थीले गरेको यो अध्ययनले नयाँ स्थानको ऐतिहासिक महत्व उजागर भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्ता अध्ययन अन्वेषणमा विश्वविद्यालयले यस्ता सङ्घसंस्थाको सहयोग लिएर अघि बढ्छ ।” कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले पालिकामा पहिचान भएको ऐतिहासिक ‘कपेर महाँकाल गढी’ले नेपालको इतिहासका खोजीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान टोलीले पहिचान गरेको यो अनुसन्धानले पालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

पुरातत्वविद् प्रा डा मदनकुमार रिमालले तत्कालीन समयमा नेपाल उपत्यकामा भएका अधिकांश आक्रमण पूर्वतर्फबाट हुने गरेकाले पूर्वतर्फ बलिया र महत्वपूर्ण गढीको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको तर्क गर्नुभयो । भक्तपुरका राजाले अन्यत्रभन्दा पूर्वतर्फको किल्ला बलियो बनाउने गरेको इतिहास रहेको जनाउँदै उहाँले यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुनसक्छ भन्नुभयो । उहाँले भन्नुभयो, “सोही व्यवस्थित गढीलाई पछि अङ्ग्रेज सेनाले सेन सेनालाई जितेर हरिहरपुरको सहायक गढीका रुपमा विकास गरेको हुनसक्छ ।”

त्रिवि नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका सह प्रा डा सन्ध्या खनाल पराजुलीको नेतृत्वमा अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्याल र महेश सापकोटाको संलग्नतामा भएको अनुसन्धानबाट ‘कपेर महाँकाल गढी’ मा गोरखाली सेना र सेनवंशी सेनाबीच युद्ध भएको र तामाङ सेना सो युद्धमा सहभागी भएको भेटिएको पुष्टि भएको बताइएको छ । कपेर महाँकाल गढीमा युद्ध भएको थियो भन्ने कुरालाई यस डाँडाको फेदीमा अवस्थित गहिरो खोंच तथा सोको घ्यागरवाङ भनिने स्थानीय नामले पनि पुष्टि गरेको केन्द्रका अध्यक्ष अर्यालले बताउनुभयो । पछि यो रणनीतिक महत्वको गढीलाई गोरखाली सेनाहरुले कब्जामा लिएर हरिहरपुर गढीपछिको सुरक्षाकिल्लाका रुपमा विकास गरेको देखिएको अनुन्धानको नेतृत्व गरेका डा खनालले जानकारी दिनुभयो ।

टुँडिखेलको महाँकाल र कपेर महाँकालको सम्बन्ध
सोही गढीको पश्चिमपट्टि रहेको कपेर महाँकाल थान पनि सांस्कृतिकरुपमा महत्वपूर्ण रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । गढीको निर्माण गर्दा त्यसको मध्यभागमा जय, विजय, विषाखा, कुवेर आदि देवताको स्थापना गर्ने कौटिल्यको अर्थशास्त्रमा उल्लेखित विधानअनुसार नै बेथानचोकको कपेर महाँकालगढीमा पनि सुरक्षाको निमित्त महाँकालको स्थापना गरिएको अध्ययनका क्रममा भेटिएको अध्यक्ष अर्यालले बताउनुभयो ।

स्थानीय किंवदन्तीका आधारमा टुँडिखेलमा रहेको महाँकाल यही स्थानबाट लगिएको हो । हरेक दिन टुँडिखेलबाट भागेर आफ्नो पुरानो स्थानमा नै आउने गरेकोले टुँडिीखेलको महाँकालको खुट्टामा साङ्लाले बाँधिएको स्थानीयको भनाइ छ । टुँडिखेलको महाँकालको मूर्तिमा साङ्लाले बाँधिएको छ ।

यसैगरी महाँकालको कथा युद्धसँग पनि जोडिएको छ । युद्ध चलिरहेको समयमा सेनाका उच्च अधिकारीलाई सपनामा महाँकालले उनको थानमा बलि चढाएर उपासना गरे सत्रु पराजित हुने सुझाव दिएको, बलि चढाएपछि घाँसपात सिस्नु तथा कीराफट्याङ्ग्रा अरिँगाल बनेका, सत्रुका आँखा बन्द भएको र युद्ध जितिएको, यसको असर थामडाँडामा गढीमा पनि परेको भनाइ पाइन्छ । यिनै महाँकाल काठमाडौँको टुँडिखेलमा स्थापना गरिएको स्थानीयको भनाइ छ । किंवदन्तीलाई आधार मानी बेथानचोकको र काठमाडौँका महाँकालको सम्बन्धलाई जोडेरे हेर्ने हो भने कपेर महाँकाल गढी र कपेर महाँकालको ऐतिहासिकतालाई मध्यकालसम्म पु¥याउन सकिने डा खनालले जानकारी दिनुभयो । रासस