• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

उपत्यका दृश्यवत हुने सर्वोच्च टावर- फोटो फिचर



काठमाडौं । काठमाडौं स्थित कमलादिमा श्री सिद्धि विनायक गणेश भगवानको दर्शन गरेर उत्तरतर्फ फर्कंदा नेपाल प्रज्ञाप्रतिष्ठानको पश्चिमपटि उत्तर मोडिएर हेर्दा देखिने प्रवेशद्वारबाट प्रवेश गर्दा एउटा सुन्दर पार्क देखिन्छ , अनेकौं रङ्गीबिरङ्गी फूलहरु फुलेका छन् । गलैंचा बिछ्याएकोझैं दुबोको भुइँ , वरिपरि सिमेन्टले बनेका मिनी जलाशयमा जलचरहरु खेलिरहेका र तिनैसँग बालबालिका रमाइरहेका देखिन्छन् ।

तिनै जलाशयका बिटमा सजाइएका गमलाहरूमा बिभिन्न प्रजातिका सुन्दर फूलहरुले थपेको मन मोहकतामा मोहित हुँदै तस्वीर खिच्नेहरूको प्रतिष्पर्धा झैं नै देखिन्छ । कोही सामूहिक त कोही एकल , कोही सेल्फी खिच्नमा तँछाडमछाड गरिरहेको दृश्यले भिन्नै रौनकता थपे झैं लाग्छ ।

यो हो स्काइवाक टावरको परिसर । वन्डर्स नेपालले निर्माण गरेको स्काइवाक टावर अहिले आन्तरिक एवम् बाह्य पर्यटकहरूको गन्तव्य स्थल बनेको छ । साढे १३ रोपनी जग्गामा ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ ।

आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ ।

टावरबाट उपत्यका र त्यस परका प्राकृतिक छटाले सिंगारिएका दृश्यहरुले कुनै पनि दृश्यावलोकन गर्ने व्यक्तिलाई मोहित पार्दछ । आधार तलाबाट लिफ्ट मार्फत दुईसय फिटको उचाइमा रहेको तलामा प्रवेश गरेपछि पुगिन्छ स्काइवाकमा ।

अझै माथि पुगेर दृश्यावलोकन गर्न चाहनेहरूका लागि पनि टपस्काइ रहेको छ । दुईसय फिटको तलामा किनाराको छ फिट गरुङ्गो भार थाम्न सक्ने सिसाको गोलाकार स्काइवाकमा पुगेर जमिनमा भएका मानिसको सानो आकार हेर्नु र आफ्नै छायाँ कुल्चिएर परिक्रमा गर्नु अर्कै मज्जा आउँछ ।

उपत्यका भित्रका धरहरा , घण्टाघर , नारायणहिटी दरबार , वसन्तपुर दरबार , सिंहदरबार , भक्तपुर दरबार स्क्वायर , पाटन दरबार , पशुपतिनाथ मन्दिर , स्वयम्भूनाथ मन्दिर , पाटनको कृष्ण मन्दिर , खुला टुँडिखेल , कान्तिपुर , ललितपुर , भक्तपुर र कीर्तिपुरका शहरहरुका बान्की र आधुनिक संरचनाहरु सहजै नियाल्न सकिने त्यस एकाइवाकबाट थानकोट , चन्द्रागिरि , फर्पिङ , शिवपुरी लगायतका उपत्यकाका प्राकृतिक पर्खालहरुले बोकेका आँखी सौन्दर्यहरू , जसलाई प्रत्यक्ष कुल्चन र भेट्न कयौं दिनहरु लाग्छन् , तिनलाई एउटै टावरमा उभिएर दृश्यावलोकन गर्न सकिने स्काइवाक आधुनिक प्रविधियुक्त रहेको छ ।

चिया नास्ताका लागि व्यवस्थित रेस्टुराँ र क्याफेको समेत व्यवस्था गरिएको स्काइवाक काठमाण्डौ कमलादी सिङ्गै उपत्यका दृश्यवत हुने सर्वोच्च टावर बनेको छ ।

चिया नास्ताका लागि व्यवस्थित रेस्टुराँ र क्याफेको समेत व्यवस्था गरिएको स्काइवाक काठमाण्डौ कमलादी सिङ्गै उपत्यका दृश्यवत हुने सर्वोच्च टावर बनेको छ ।