१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको शपथग्रहणमा नेपालबाट प्रधानमन्त्रीसँग जाने टोलीमा को–को छन् ?



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो कार्यकालको लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा समारोहमा भाग लिन भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीसहितको भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्रीसहित कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए ।

प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा जाँदैछन् ।