२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा बंगलादेशले श्रीलंकालाई पहिलो पटक हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप २०२४ को १५ औं खेलमा बंगलादेशले २०१४ को च्याम्पियन श्रीलंकालाई दुई विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा श्रीलंकाको यो लगातार दोस्रो हार हो । टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध बंगलादेशको यो पहिलो जित हो । यसअघि दुई खेल भएका थिए जसमा दुवै खेल श्रीलंकाले जितेको थियो ।

डलासको ग्रान्ड प्रेरी स्टेडियममा भएको खेलमा बंगलादेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएर बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको थियो । जवाफमा बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

बंगलादेशका लागि तोहिद ऋदोयले ४०, लिटन दासले ३६, महमुदुल्लाहले १६ रन जोडे । बलिङतर्फ श्रीलंकाका नुवान तुषाराले ४, वानिन्दु हसरंगाले २ तथा मथिसा पथिराना र धनञ्जय डी सिल्भाले १–१ विकेट लिए ।

त्यसअघि श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन जोड्यो । उसका लागि पाथुन निसान्काले ४७, धनञ्जय डि सिल्भाले २१, चारिथ असलान्काले १९ र कुशल मेन्सिले १० रन जोडे ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमान र रिसद हुसेनले ३–३, तस्किन अहमदले २ तथा तान्जिम हसन सकिबले १ विकेट लिए ।