२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने



अ+ अ-

कठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेले बजेट ल्याउनुअघि नै विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतको सरकार गठन गरेर अगाडि बढेका पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन गर्ने संकेत पाएपछि विश्वासको मत लिने हिम्मत गरेका हुन् ।

यता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र नै लेखेर गण्डकीमा आफ्नो दलका मुख्यमन्त्रीलाई समर्थन गर्न आग्रह गरेपछि राप्रपाले आफू निर्णायक हुने अवस्थामा विश्वासको मत दिने संकेत गरेको छ । मुख्यमन्त्री पाण्डेले जेठ २८ मा विश्वासको मत लिन संसद् आह्वानका लागि सभामुखलाई पत्र पठाइसकेका छन् ।

प्रदेशसभा सचिवालयले जेठ २८ गते ३ बजेका लागि संसद् बैठक बोलाएको जनाएको छ । सर्वोच्च अदालतको परमादेशअनुसार जेठ १६ मा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले असार १५ सम्म विश्वासको मत लिइसक्नु पर्ने छ । उनी संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

राप्रपा र दीपक मनाङले समर्थन गर्दा पनि मुख्यमन्त्रीई विश्वासको मत प्राप्त गर्न अर्को एक जना सांसदको आवश्यकता पर्छ । किनकी कांग्रेसका प्रदेशसभामा जम्मा २७ सांसद मात्र छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ३१ सदस्य आवश्यक पर्छ ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७ सांसद छन् । संसदमा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन राप्रपाको २, गुरुङ र थप १ सांसद आवश्यक पर्छ ।

यसअघि समीकरण बदलिएपछि अल्पमतमा परेका पाण्डेले राजीनामा दिएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गर्दै आफूसँग बहुमत रहेको पत्र प्रदेश प्रमुख डिल्लीराज भट्टलाई बुझाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको थियो । सर्वोच्च अदालतले सोमबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको बहालीलाई अवैधानिक ठहर गर्दै जेठ १५ मा त्यसअघिकै मुख्यमन्त्री पाण्डेलाई निरन्तरता दिन परामादेश गरेको थियो ।