• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन



काठमाडौँ । गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति डा.आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गर्नुभयो ।

उहाँले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताउनु भयो । उहाँले गृह मन्त्रालयबाट शुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउने प्रतिवद्धता सकारात्मक भएको बताउनु भयो ।

उहाँले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गर्नुभयो । उहाँले तीन महिनासम्म सरकारले गर्ने काम हर्ने आवश्यकता अनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताउनु भयो । उहाँले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘जाँगा खेतीका विषयमा सबै नागरिकलाई सरकारले कति लगिरहेको छ भन्ने चासो लागेको छ । गृहमन्त्रालयबाट शुरुहुने पर्ने प्रथम पाइला गृह मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउछु भन्नुभएको छ । गृहमन्त्रालयलाई समिति सहयोग गर्न तयार छ । एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बन्यो भने खुशी हुन्छौं । तीन महिनासम्म सरकारले गर्ने काम हेर्छौं ।

आवश्यक परे उपसमिति बनाएर काम गर्छौं । समितिले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिन चाहन्छुु । गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्छ । गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल चाँडो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्दछु ।’

उहाँले गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्ने बताउनु भयो । उहाँले गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल बाटो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्नुभयो ।